FAQs Complain Problems

वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक वडा नं. १० पिपलनेटामा

रास्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद,गाउँ नगरमा खेल,रास्ट्रीय एकता ए मेल भन्ने मुलनाराका साथ बागचौर नगरपालिका वडान १० पिपलनेटामा वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम सोमबार देखि संचालनमा आएको छ ।

प्रमुख अतिथि बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले मैन बत्ती बाली,ब्यानर खोलेर उद्घाटन गर्नु भएको कार्यक्रममा बोल्दै बुढाथोकीले खेलले मानिसको जिबनलाई स्वच्छ र उच्च बिचार राख्न प्रेरित गर्ने बताउनु भएको छ । उहाँले खेल मानिसको जिबनमा अनिवार्य भएकाले यस्लाई व्यापक रुपमा लैजान समेत आबश्यक्ता रहने बताउनु भयो,बुढाथोकीले आगामी कार्यक्रमहरुमा खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने पनि बताउनु भयो ।
कार्यक्रममा बागचौर नगरपालिकाका उप-प्रमुख कल्पना पुन,निमिक्त प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल लगाएतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

वडान १० को आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कृष्ण खडकाले गर्नु भएको थियो भने उक्त कार्यक्रममा वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिता र बृहत साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

शाखागत कर्मचारीहरु