FAQs Complain Problems

विद्यार्थी भर्ना अभियान कार्यक्रम २०७६ ।

विगत २०६१ सालदेखि विद्यालय उमेर समुहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियान कै रूपमा विद्यालय प्रवेश गराउने कार्यक्रमका रूपमा विद्यार्थी भर्ना अभियान प्रत्येक वर्ष वैशाख २ गतेदेखि संचालन हुदै आइरहेको छ ।

यस वर्ष पनि बागचौर नगरपालिका भित्रका विद्यालय उमेर समुहका सबै बालबालिकालाई "हाम्रो नगर हाम्रो गाउँ ,सबै बालबालिकालाई विद्यालय पुर्याऔं" भन्ने आदर्श वाक्य चयन गरि विद्यार्थी भर्ना अभियान २०७६ यहि वैशाख २ गतेदेखि १५ गते सम्म सरु गरिएको छ ।

नगर प्रमुख तथा शिक्षा समिती अध्यक्ष श्री लोकमान बुढाथोकीको नेतृत्वमा बागचौर नगरपालिका शिक्षा शाखा परिवार, कर्मचारी, लगायतको टिम श्री जनकल्याण नमूना माध्यमिक विद्यालय हुँदै थारमारे बजार, बागचौर बजार, खरिबोट बजार,श्री बालकन्या मा.वि. कोटबारा, ७ नं. वडा कार्यलय, मैढोले, पातिहाल्न बजार सम्म विद्यार्थी भर्ना अभियान सम्बन्धि सार्वजनिक सन्देश सहितका ब्यानर, पम्प्लेट, प्रचार प्रसार सूचनाहरु टांस्दै उक्त ठाउँ सम्म पुगेको थियो ।

नगर प्रमुख बुढाथोकीले सामाजिक अभियन्ता, शिक्षा प्रेमी र समाजसेवी, राजनीतिकर्मी र इच्छुक व्यक्ति तथा संस्थाहरुलाई भर्ना अभियानमा सरिक हुन आह्वान गर्नु भएको छ ।
उहाँले आ- आफ्नो पायक पर्ने विद्यालयहरुमा विद्यार्थी भर्ना गरी उनिहरुलाई अनिवार्य तथा निशुल्क विद्यालय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सहयोग गरिदिनु हुन सम्पुर्ण बागचौर निबासी अभिभावक तथा सम्बद्ध सरोकारवाला सबैमा अनुरोध गर्नु भएको छ ।

विद्यार्थी भर्ना अभियान कार्यक्रम २०७६ बागचौर नगरपालिकाका सम्पुर्ण विद्यालय, बजार तथा घर दैलो सम्म पुग्ने लक्ष्य रहेकोले इच्छुक व्यक्ति तथा शिक्षा प्रेमी आम नगर जनसमुदायहरुमा हार्दिक अनुरोध गर्द्छौं ।

Fiscal Year:

शाखागत कर्मचारीहरु