FAQs Complain Problems

सुत्केरी भैंसी स्याहार भत्ता वितरण ।

बागचौर नगरपालिकाको "कृषिमा अनुदान कृषकलाई प्रोत्साहन" कार्यक्रम अन्तरगत भैंसी पालक किसानहरूलाई प्रोत्साहन स्वरुप  #सुत्केरी_भैंसी_स्याहार_भत्ता  बितरण  विधिवत रुपमा उद्घाटन गरिएको छ।

आज मिति २०७५ पौष १६ गते बागचौर नगरपालिका  प्रमुख लोकमान बुढाथोकी ,उप प्रमुख कल्पना पुन,प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल ,स्वकीय सचीव भुमप्रकाश भण्डारी भूपिन , चित्र राना , पशुपंक्षी बिकास शाखा प्रमुख लोकेन्द्र डाँगी र कृषि शाखा प्रमुख हनुमान यादब लगाएतको टिम किसानहरूको घरघरमा पुगि प्रती सुत्केरी भैंसी रू. ३,०००।-का दरले सुत्केरी भैंसी स्याहार भत्ता हस्तान्तरण गर्नु भएको हो।

>बागचौर नगर कार्यपालिकाको निर्णय अनुसार,पौष महिना यता सुत्केरी भएका भैंसी र उन्नत गाईलाई सुत्केरी स्याहार भत्ता दिइनेछ।

>सुत्केरी स्याहार भत्ता लिनलाई भैंसी सुत्केरी भएको १ हप्ता भित्र भैंसी र पाडोको फोटो, वडा कार्यालयको सिपारिस सहित बागचौर नगरपालिकाको पशुपंक्षी बिकास शाखामा निबेदन पेस गर्नु पर्नेछ।

>वडा बाट सिपारिस लिदा कुनै शुल्क लाग्ने छैन।

>पाडो/पाडी नपालेको किसानले यो सुबिधा पाउने छैनन।

>पौष महिना भन्दा अघि जन्मेको लाई यो सुबिधा उपलब्ध गराइने छैन।

आज सुत्केरी भैंसी स्याहार भत्ता बुझ्ने किसानहरू एस प्रकार छन।

१) गौरीलाल डाँगी 

२)बेदप्रसाद डाँगी 

३)डम्मरी कुमारी डाँगी 

४)लिला बहादुर डाँगी

५)देव बहादुर डाँगी

६)अ्मृता डाँगी 

७)कमला देबि चन्द

८)केशराम डाँगी 

९)खड्ग सिंह बस्नेत

नोट- माथिका सबै किसान वडा नं ८ र ९ का हुन।

Fiscal Year: