FAQs Complain Problems

दुई दिने बृहत निशुल्क आँखा शिविर सम्पन्न

 राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधिक सहयोगमा  बागचौर नगरपालिकाको सहकार्य र सल्यानी युवा संजालको व्यवस्थापनमा जनकल्याण क्याम्पस थारमारेमा दुई दिने बृहत नि:शुल्क आँखा शिविर सफलतापुर्बक सम्पन्न भएको छ ।

बागचौर नगर प्रमुख श्रीमान लोकमान बुढाथोकी बाट आँखा परिक्षण गराएर शिविरको समुद्घाटन गरिएको थियो |

शिविरमा ५८५ जना आँखा सम्बन्धि बिरामीहरुले स्वास्थ्य लाभ लिनुभएको थियो । जसमा ३३७ जना महिला र २४८ जना पुरुष रहनुभएको छ ।

५० जनाको आँखाको अप्रेसन गरिएको छ, जसमा ४८ जना मोतिबिन्दु र २ जना अन्य ( परेला सम्बन्धी) बिरामी रहनुभएको छ ।

आँखा परीक्षण, औषधी वितरण, आँखा अप्रेसन र चस्मा वितरण लगायत आँखा सम्बन्धि सम्पूर्ण उपचार नि:शुल्क गरिएको थियो ।

शिविरमा सबै भन्दा बढी उमेर वृद्ध ९५ वर्षका  चंख बहादुर भण्डारी र सबै भन्दा कम उमेरकी १ महिने शिशु प्रदिता डि.सी. रहनुभएको थियो ।

शाखागत कर्मचारीहरु