समाचार
स्थानीय सरकारले सिहंदरबारको अनुभूति दिलाउनु पर्छ : टेक बहादुर बस्नेत
Body:
नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले एक कार्यक्रमका बिच स्थानीय सरकारले जनतालाई सेवा सुविधा सहितको सिहंदरबारको अनुभूति दिलाउनु पर्ने बताएका छन् ।
श्री बालकन्या माध्यमिक बिधालय बागचौर नगरपालिका वडा न ७ को प्रथम अभिभावक दिवस तथा सम्मान कार्यक्रममा बोल्दै बस्नेतले पछिल्लो समयमा बिधालयहरूमा शैक्षिक सुधारका गतिविधिहरू बढाउँदै गर्दा बाल विवाहको प्रचलन बढ्दै गएकाले यसको अन्त्य गर्न स्थानीय सरकार र बिधालयहरु सक्रियताका साथ लाग्नु पर्ने बताएका छन् ।